झापा, मंसिर २७ । वैदेशिक रोजगार ठगीको आरोपमा बिर्तामोड ४ का ५१ वर्षीय पदम तामाङ पक्राउ परेका छन् ।

बैदेशिक रोजगार बिभागको पत्रको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई हिजो दिउँसो पक्राउ गरेको हो । उनलाई अनुसन्धान तथा कार्वाहीका लागि हिजै साँझ प्रहरी बृत कालिमाटी काठमाण्डौमा बुझाइएको छ।

यसैबीच मेनपावरमा झगडा गरेको बिषयमा बिर्तामोडमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड ६बस्ने बर्ष ३१ का विवेक चुडाल र बिर्तामोड २ बस्ने बर्ष ३१का प्रकाश ठाकुर रहेका छन् । उनीहरुलाई हिजो साँझ बिर्तामोड १ स्थित पश्चिम स्टेण्डबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्