झापा,मंसिर २७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस ताप्लेजुङले प्रत्यक्षतर्फ जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङको नाम सिफारिस गरेको छ ।


प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ तुम्याहाङको एकल नाम सिफारिस भएको हो। समानुपातिक र राष्ट्रियसभाका लागि भने १३ जनाको नाम सिफारिस भएको छ ।
नेपाल विद्यार्थी संघदेखि राजनीति प्रारम्भ गरेका तुम्याहाङ कांग्रेसमा सभापति शेरबहादुर देउवानिकट हुन् । पार्टी प्रवक्ता विश्वराज नाल्बुका अनुसार मंसिर २५ गते बसेको संयुक्त बैठक र २६ गतेको जिल्ला कार्यसमितिको बैठकले तुम्याहाङको नाम सिफारिस गरेको हो ।
समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्वमन्त्री प्रताप प्रकाश हाङ्गाम र जिल्ला कार्य समितिका पूर्वसभापति केशवप्रसाद दाहाल तथा महिलामा मेरिङदेन गाउँपालिका–५ थुकिमाकी कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।
खुल्लातर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा, मात्रिकाप्रसाद शेर्पा, गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तिमा तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ । महिलातर्फ लिलादेवी बोखिम, मातृकादेवी प्रसाईं कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको छ ।(कान्तिपुरबाट)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्