झापा,मंसिर २७ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै पछिल्लो एक महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार मिति २०८२ कार्तिक २५ गतेदेखि मंसिर २६ गतेसम्मको छोटो अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा परी ८ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन् ।(रातोपाटीबाट)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्