झापा, मंसिर २८ । झापाको भद्रपुरमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो १ बजे भद्रपुर वडा न.४ लुरुङ चोक बस्ने ४२ वर्षीय देबेन्द्र देवान आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । उनी छारे रोगका बिरामी रहेको बुझिएको छ ।
घटनाबारे प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको छ ।सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।



