झापा,मंसिर २८ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन भएका तथा नाम सच्याइएका प्रतिनिधिहरुको कार्ड महाधिवेशन स्थलको बाहिरी गेटमा वितरण सुरु गरिएको छ ।


प्रतिनिधि कार्डमा नाम, विवरण वा अन्य विवरण सच्याउन कार्ड दिएका प्रतिनिधि तथा मनोनीत प्रतिनिधिले तोकिएको स्थानमा पुगेर कार्ड लिन सक्ने व्यवस्था गरिएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।(रातोपाटीबाट)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्