झापा, मंसिर २९ । इटहरी वडा नं.–५ मा रहेको भ्वाइस अफ चिल्ड्रेनमा बस्ने ६ जना बालक बेपत्ता भएका छन् ।

इटहरी –७ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा परीक्षा दिन निस्केका झापाका दुईसहित ६ जना बालक तीन दिनदेखि बेपत्ता भएका हुन् । उनीहरु मंसिर २६ गते बिहान १० बजे परीक्षा दिन भनी हिडेका थिए ।

वेपत्ता हुनेहरुमा दमक –८ घर भएका वर्ष १५ का ओम राम मोची , इटहरी–९ घर भएका बर्ष १५ का देवराज वि.क. , दमक –७ बस्ने बर्ष १४ का धनबहादुर श्रेष्ठ , धनकुटा चौविसे घर भएका बर्ष १५ का शिशिर अधिकारी, झापा कमल वडा नं.५ घर भएका बर्ष १२ का समिर राजवंशी र इटहरी–९ घर भएका बर्ष १५ का सुमन चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ । बेपत्ता भएका केही बालकहरु दमकमा देखिएको प्रहरीले जनाएको छ । भ्वाइस अफ चिल्ड्रेनमा सडक बालकहरुलाई उद्धार गरी राख्ने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्