झापा, मंसिर २९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्यानलबाट गृहजिल्ला झापाका १६ जनाले उम्मेद्वारी दिएका छन् ।

ओली प्यानलका तर्फबाट सचिवमा हिक्मत कार्कीले उम्मेद्वारी दिएका छन् भने केन्द्रीय सदस्यहरुमा देवेन्द्र दाहाल , दीपक कार्की , चिन्तन पाठक , होमबहादुर थापा , गोविन्द थापा , इन्द्र भण्डारी , रोमनाथ ओली , मनोज ताम्ली, निता घतानी , निर्मला पाठक , जलवर्षा राजवंशी , मेनुका काफ्ले , गीता अधिकारी , सुनिता बराल र मीना उप्रेतीले उम्मेद्वारी दिएको बुझिएको छ ।
झापाकै अग्नि खरेलले स्वतन्त्ररुपमा सचिव पदमा उम्मेद्वारी दिएका छन् । उता इश्वर पोखरेलको प्यानलबाट झापाका तर्फबाट रविन कोइरालाले मात्र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् ।



