झापा, मंसिर २९ । बिर्तामोड ४ स्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष ४२ लाखभन्दा बढी नाफा कमाएको छ ।

सुधारोन्मूख अबस्थामा रहेको नयाँ मिलन साकोसले आर्थिक वर्ष २०८१–०८२ मा ४२ लाख ४२ हजार ६९२ रुपैयाँ संचालन मुनाफा कमाएको हो । आज अर्जुनधाराको सालवारीमा आयोजित नवौं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पशुपति बरालले २०८१–०८२ मा संस्थाले शेयर पुँजीसंगै निक्षेप संकलन तथा कर्जा असुलीमा उल्लेख्य उपलव्धि हासिल गरेको बताए ।

४९ करोड ४१ लाख ७८ हजार ७१७ रुपैयाँ कुल कारोबार गरेको संस्थाको चुक्ता पुँजी ३ करोड ४० लाख ९८ हजार ३०० रुपैयाँ रहेको छ । त्यस्तै कुल निक्षेप ४३ करोड ३५ लाख ३८ हजार ३९२ , कुल कर्जा ३३ करोड २० लाख ६६ हजार ३९५ , कुल आय ५ करोड ८५ लाख ६ हजार २६१ र कुल खर्च ५ करोड ४२ लाख ६३ हजार ५६९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष बरालको अध्यक्षता तथा ज्येष्ठ सदस्य राजीव बर्मनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा संयोजक प्रमिला बोहोराले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि केवल निरौलालाई ३० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै एकदिन पनि विदा नलिने कर्मचारीहरु भेषकुमारी मिश्र , अप्सरा मगर ,प्रकाश कालिकोटे र जयबहादुर दर्जीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो ।

संस्थामा नियमित बचत तथा उत्कृष्ट कारोबार गर्ने ३४ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै बाल शैक्षिक खाता खोल्ने २३० जना बालबालिकाहरुलाई उपहारस्वरुप स्कुल ब्याग प्रदान गरिएको थियो । संस्थाका व्यवस्थापक सुमित्रा रेग्मीले स्वागत गरेको कार्यक्रममा समाजसेवी पार्वता गिरीले शुभकामना मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा ज्येष्ठ सदस्य नेत्रप्रसाद ओली,सल्लाहकार अरुण भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन हेमन्त संग्रौलाले गरेका थिए । साधारण सभासंगै सालवारीमा वनभोज कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्