झापा, पुष १ । बैङ्किङ कसुरमा झापा बिर्तामोड २ चारपानेकी एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा बिर्तामोड २ चारपाने बस्ने ४२ वर्षीया प्रिती थापा रहेकी छन् । हिजो साँझ बिर्तामोड ५बीएण्डसी अस्पतालनजिकै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बाटोमा हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको पत्र आदेशले बैङ्किङ कसुर सम्बन्धी चालु मुद्दाका प्रतिवादी थापालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्