झापा, पुष १ । झापामा हिजो एकैदिन ८ वटा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

हिजो बिहान १०ः३० बजे बुद्धशान्ति–४मंगलबारेस्थित भित्री सडकखण्डमा इलामबाट मंगलबारेतर्फ आउँदै गरेको अल्फावेट नखुलेको पिकअपले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ६५ की अमृता लिम्बूलाई ठक्कर दिई घाइते बनाएको छ । घाइतेको आम्दा अस्पताल धुलाबारीमा उपचार भइरहेको छ ।
सोही समयमा भद्रपुर ९जम्दार चोकस्थित चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे३प १४८नं.को मोटरसाइकल र भित्री बाटोबाट निस्कदै गरेको प्र१–०१–००१ ह४१८५ सिटी सफारी एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने वर्ष ४२ का सोमनाथ न्यौपाने र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ४० की राधा न्यौपाने घाइते भएका छन् । दुबैजनालाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।
सोही समयमा झापा गाउँपालिकामा पनि दुर्घटना भएको छ । झापा गाउँपालिका वडा नं.०७ मदरगाछस्थित भित्री सडकखण्डमा मदरगाछबाट सिमलबारीतर्फ जाँदै गरेको मे८प ३५न.को मोटरसाइकल बाटोमा हिड्दै गरेको गाईलाई बचाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी वडा न.४बस्ने बर्ष ५६का भगिरथ पोद्धार घाइते भएका छन् । दुवै खुट्टामा चोट लागेर उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।
त्यस्तै हिजो दिउँसो ४ बजे कनकाई ८बिरिङ पुलस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–०१५प४४५९नं मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्र१–०१–००१ख४९०७नं को यात्रुबाहक बसले ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १२बस्ने बर्ष ५८का बृहष्पति पाण्डे र पछाडि सवार उनकी श्रीमती बर्ष४८की बिष्णुमाया खरेल घाइते भएका छन् । घाइते दुबै जनाको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो साँझ ५ः३०बजे गौरादह १चैतु चोकस्थित गौरीगञ्ज– पाडाजुङगी भित्री सडकखण्डमा चैतु चोकबाट गौरादह बजारतर्फ आउँदै गरेको मे३प३३०९नम्बरको मोटरसाइकलले बिपरीत दिशाबाट जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको छ । दुर्घटनामा साइकलयात्री कमल .७ सितापुरी बस्ने बर्ष २७का सन्तोष सार्की र मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष४५ का गोपाल कर्मकार घाइते भएका छन् । दुबै घाइतेको निम्स अस्पताल दमकमा उपचार भईरहेको छ ।
त्यस्तै हिजो साँझ ५.२५ बजे अर्जुनधारा वडा न.९मिलन चोकस्थित शनिश्चरे –जयपुर भित्री सडकखण्डमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको बा३६प७९९७नं.को मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको मे४प८८७नं.को स्कुटीलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति वडा नं ७ बस्ने बर्ष २४का भविन पाठक र स्कुटी चालक मेचीनगर १२ बस्ने बर्ष ३५ का केशव लिम्बू घाइते भएका छन् । दुवैको विर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो साँझ ५ बजे भद्रपुर २ पृथ्वीनगरस्थित सडकखण्डमा भलिबल खेलको बल अचानक प्र१–०१–०१३ प ८३३६ नं.को मोटरसाइकलको अगाडीको चक्कामा लागेर दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल २ बस्ने वर्ष ५३ का गंगा भट्टराई र पछाडि सवार उनकी श्रीमती वर्ष ४८ की देवकी भट्टराई घाइते भएका थिए । दुवैजनाको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । भलिवल खेल खेल्ने सोही ठाउँ बस्ने वर्ष १९ का कुशल भट्टराई उपचारमा संलग्न रहेको बताइएको छ ।
त्यस्तै हिजो साँझ ७ः१०बजे हल्दिबारी वडा न.२ स्थित बिर्तामोड –हल्दिबारी भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा चालक सोही ठाउँ बस्ने वर्ष २७ का सन्जय राय , पछाडि सवार बर्ष२७ की सुमिता कार्की र सन्तोष कार्कीका छोरा वर्ष १०का बिश्वास कार्की घाइते भएका छन् । घाइते तीनैजनालाई बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।



