झापा, पुष १ । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान समय फेरि सरेको छ।

आज साँझ ७ बजेबाट सुरू गर्ने भनिएको मतदान भोलिका लागि सारिएको हो। केन्द्रीय निर्वाचन आयोगले भोलि विहान ८ बजेदेखि मतदान हुने जानकारी दिएको छ। आजै मतदान हुने कार्यतालिकापछि प्रतिनिधिहरू लाइनमा बसिसकेका थिए।

अध्यक्षका आकांक्षीद्वय केपी शर्मा ओली र इश्वर पोखरेल पनि भृकुटीमण्डप पुगिसकेका थिए। तर, विद्युतीय माध्यमबाट हुने भनिएको मतदानमा प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले मतदान भोलिलाई सारिएको बताइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्