झापा, पुष २ । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।

निर्वाचन समितिले सपथ ग्रहण गराएपछि नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । निर्वाचन समितिका संयोजक शम्भु थापा मगरले सपथ ग्रहण गराएका थिए ।

दश दिनअघि विराट सहकारीको सातौ अधिवेशनबाट अध्यक्षमा होमप्रसाद सिटौला सर्वसम्मत निर्वाचित भएका छन् । उनले यसअघि उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए भने त्यसअघि लेखा सुपरीवेक्षण समितिको संयोजक एक कार्यकाल र सोही समितिको सदस्य दुई कार्यकाल भएका थिए । त्यस्तै उपाध्यक्षमा केशवराज पाठक , सचिव अर्जुन पाठक , कोषाध्यक्ष भीमा शिवाकोटी तथा सदस्यहरुमा राजु चाम्लिङ, निरोज सिटौला , पुनम प्रसाई , टीका लामिछाने र नरेश न्यौपाने चयन भएका थिए ।

त्यस्तै अर्जुन न्यौपाने संयोजक तथा सदस्यहरुमा होमप्रसाद उप्रेती र दिनेश अधिकारी रहेको लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत गठन भएको थियो । निर्वाचन गराउन शम्भु थापा मगरको संयोजकत्वमा डिल्ली दाहाल र विनोद गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन समितिका संयोजक शम्भु थापा मगरको अध्यक्षतामा समितिका सदस्य डिल्ली दाहालले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन शिवाकोटी , निवर्तमान कोषाध्यक्ष काजी बुढाथोकी , कार्यकारी प्रमुख रुद्र सिटौलाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिटौलाले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्