झापा, पुष ३ । झापाका दुईसहित ३६ जना महाधिवेशन प्रतिनिधिले नेकपा एमालेको ११ औं महाधिवेशनको मतदानमा भाग लिएनन् ।

मतदानका लागि २२२७ प्रतिनिधि उपस्थित भएको निर्वाचन आयोगले जनाएको छ। यसअघि एमालेका केन्द्रीय सदस्य रहेका हरिबहादुर राजवंशी र झापा क्षेत्र नं ४ बाट छनोट भएकी महाधिवेशन प्रतिनिधि कृष्णमाया भुजेलले मतदानमा भाग नलिएका हुन् । निर्वाचन आयोगका अनुसार झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्रप्रसाद यादव, अंशु आनन्द, मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरी अनुपस्थित रहे।
त्यस्तै दानबहादुर विक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली अनुपस्थित रहे।केन्द्रीय सदस्य बसन्त नेम्वाङ पनि मतदानमा उपस्थित भएनन्। यसअघि केन्द्रीय सदस्यहरू रहेका मुकुन्द न्यौपाने, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशीले पनि मतदान गरेनन्।
अनुशासन आयोगको पूर्वसदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीप प्याकुरेल उपस्थित भएनन्।
समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला र सञ्जीव रोकाहाले पनि मतदान गरेनन्। केही प्रतिनिधि स्वास्थ्य र विविध कारणले अनुपस्थित रहेको बताइएको छ ।
११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले मतदान प्रक्रिया सकिएको बताए ।निर्वाचनमा २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हालेको सदस्य पोखरेलले जानकारी दिए । उनले भने, ‘२ हजार २ सय २७ मत खसेको छ । ३६ जना अनुपस्थित हुनु भएको छ ।’



