झापा, पुष ३ । झापाको दमकमा दिनदहाडै पसलमा लुटपाट भएको छ ।

हिजो दिउँसो २ बजेतिर दमक ७ राधाकृष्ण मन्दिरनजिक रामचन्द्र साहले संचालन गरेको किराना पसलमा दुईजना अपरिचित व्यक्तिले लुटपाट गरेका हुन् ।

अन्दाजी बर्ष ३५–३६ का चाइनिज जस्तो देखिने पुरुष आएर एक केजी गहुँ र आधा केजी दाल खरिद गरी एक हजारको नेपाली नोट दिएका थिए । पसलका साहुजीले ५५ हजार भएको पैसाको मुठोबाट निकाली पैसा फिर्ता दिने बेलामा हातबाट २८ हजार थुती लिई फरार भएका हुन् ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्