झापा, पुष ३ । जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका वडा नं ४ बाहुण्डाँगीमा एकजनाको मृत्यु भएको छ ।


आज बिहान अन्दाजी ६.३० बजे बाहुण्डाँगीस्थित खड्का डाँडामा तत्काल नाम थर वतन नखुलेका भारतीय जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसंग जम्काभेट भएपछि हात्तीले आक्रमणमा गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बाहुण्डाँगी क्षेत्रमा मागी खाई हिड्ने खुलेपनि उनको पहिचान खुलिनसकेको र भारततर्फ पनि जानकारी गराइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्