झापा, पुष ३ । जेनजी आन्दोलनका बेला देशका विभिन्न कारागारहरुबाट भागेका १५ जना कैदी बन्दीलाई पक्राउ गरी झापा प्रहरीले सम्बन्धित कारागारमा पठाएको छ ।

पक्राउ पर्नेहरुमा जवर्जस्ती करणी र कर्तव्य ज्यान मुद्धाका मेचीनगर १० बस्ने ४२ वर्षीय रामकुमार राजवंशी , लागूऔषध मुद्धाका इटहरी १४ बस्ने ३० वर्षीय शिव सरदार , लागूऔषध मुद्धाका कन्काई ४ बस्ने ४५ वर्षीय बलबहादुर राई , ज्यानसम्बन्धी मुद्धाका धरान १५ बस्ने ३२ वर्षीय कृष्णबहादुर विक , कर्तव्य ज्यान मुद्धाका शिवसताक्षी ११ बस्ने २५ वर्षीय डम्बर भन्ने शम्भु मगर , राजश्व छली मुद्धाका मेचीनगर ६ बस्ने ५३ वर्षीय मदन पोखरेल , राजश्व छली मुद्धाकै मेचीनगर ५ बस्ने ५८ वर्षीय उत्तम ठकुरी , कर्तव्य ज्यान मुद्धाका इटहरी १४ बस्ने २९ वर्षीय जगनारायण चौधरी , डाका चोरी मुद्धाका भद्रपुर ९ बस्ने ३५ वर्षीय विकल बानिया , अखेटोपहार मुद्धाका शिवसताक्षी ८ बस्ने २७ वर्षीय विवश रोक्का , अखेटोपहार मुद्धाकै शिवसताक्षी ८ बस्ने २९ वर्षीय आशिष सुब्बा , लागूऔषध मुद्धाका गौरीगञ्ज बस्ने ४९ वर्षीया एन्जिला भन्ने अनिता खातुन , ज्यानसम्बन्धी मुद्धाका गौरादह ५ बस्ने २८ वर्षीया रुसार खातुन ,ज्यानसम्बन्धी मुद्धाका काभ्रे श्यामपाटी ८ बस्ने २८ वर्षीय देशराज तामाङ र ज्यानसम्बन्धी मुद्धाका कन्काई ६ बस्ने ३३ वर्षीय दिनेश सोरेन रहेका छन् ।
झापामा लुकेर बसेका फरार कैदी बन्दीलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झुम्का कारागारका ८ , चितवन कारागारका ३ , केन्द्रीय कारागार जगन्नाथ देवल काठमाण्डौका ३ र कास्की कारागारका एकजना कैदी बन्दीलाई पक्राउ गरी बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।



