झापा, पुष ४ । इटाभट्टाको पोखरीमा डुबेर बाह्रदशीमा एक बृद्धाको मृत्यु भएको छ ।

हिजो मध्यान्ह १२ बजे प्रगती इटाभट्टाले आफ्नो प्रयोजनको लागि बनाएको पोखरीमा डुबेर बाह्रदशी ५बुधबारे बस्ने स्व–वीरबहादुर तामाङकी श्रीमती ६६ वर्षीया नंगमाया तामाङको मृत्यु भएको हो ।
घरबाट कोही कसैलाई जानकारी नगराई आफूखुसी निस्केर हिडेकी नंगमाया घर फर्की नआएपछि छोरा दलबहादुर तामाङले खोजतलास गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिममा रहेको इटाभट्टाको पोखरीमा डुबिरहेको अबस्थामा फेला परेकी थिइन् ।
उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।



