झापा, पुष ५ । झापाको अर्जुनधारामा छोरीको सिक्कल प्रहारबाट आमा घाइते भएकी छन् ।

गएराति ९.३० बजे अर्जुनधारा .वडा न.६ कप्तानवारी बस्ने शेरबहादुर लिम्बूकी छोरी २५ वर्षीया बन्दना लिम्बूले सामान्य घरायसी विवादमा आफ्नै आमा ५१ वर्षीया बिनु लिम्बूलाई सिक्कल प्रहार गरेकी हुन् । अविवाहित बन्दनाको मानसिक अबस्था ठीक नभएको बताइएको छ ।
छाती र दुबै हातको पाखुरामा चोट लागेकी आमा बिनुलाई स्थानीय शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । प्रहरी चौकी शनिश्चरेबाट गएको टोलीले बन्दनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको छ ।



