झापा , पुष ५ । दुई पटक निर्वाचन जितेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आगामी प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं ३ बाट फेरि उठ्ने भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको झापा क्षेत्र नम्बर ३ को आज बसेको बिस्तारित बैठकले पार्टी अध्यक्ष लिङ्देनको नाम एकल रुपमा सिफारिस गरेको हो । उनी लगातार तेस्रोपटक क्षेत्र नं ३ मा उम्मेद्वार बन्न लागेका हुन् । प्रत्यक्षतर्फ उम्मेद्वार टुंगो लगाएपनि समानुपातिकतर्फका उम्मेद्वार टुंगो नलागेको क्षेत्रीय समितिले जनाएको छ । भूगोल हेरेर दुई दिनभित्र समानुपातिक उम्मेद्वारको सिफारिस गरिने भएको छ ।

झापा क्षेत्र नं १ र ५ को उम्मेद्वार सिफारिस पर्सी टुंगो लाग्ने जिल्ला अध्यक्ष केशव ओझाले बताए । आगामी पुष १२ गतेसम्म पाँचवटै क्षेत्रीय समितिहरुले जिल्ला समितिलाई उम्मेद्वार सिफारिस गरिसक्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्