झापा, पुष ५ । बिर्तामोडको डाइभर्सनमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेहरुमा भद्रपुर वडा नं ९ बस्ने २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर वडा न.७ बस्ने २५ वर्षीय शिर्षक सुवेदी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए । यसअघि अधिकारीको ठेगाना भद्रपुर ५ बताइएको थियो ।दुवै जनाको आफन्तहरु आइसकेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

आज साँझ ५ः३० बजे बिर्तामोड वडा न. ६ गिरीबन्धु टी इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा बनाइएको डाइभर्सनमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको उनीहरु चढेको मे ५ प ६२२२ नं २०० सीसीको एनएस मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

अनुहार,मुख र शरीरको बिभिन्न भागमा भित्री चोटपटक लागेर घाइते भएकाहरुलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा दुवै जनाको मृत्यु भइसकेको थियो । मृतकहरुको शव तत्काल सोही अस्पतालको शवगृहमा रहेको छ । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्