झापा, पुष ६ । जेनजीले इलाका प्रहरी कार्यालय दमकबाट लुटेको हतियार गेउरिया खोलाको किनारमा भेटिएको छ ।

आज बिहान ६ः३० बजे कमल गाउँपालिका ५ धनप्रसाद मार्गस्थित गेउरिया खोलाको किनारमा बेवारिसे अवस्थामा एक थान हतियार भेटिएको हो । उक्त स्थानबाट २३८१६९ नम्बरको ग्यासगन थान १ खिया लागेको बट, नालसहित जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उक्त हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनकारीहरुले लुटपाट गरी लगेको अभिलेखबाट देखिएको उनले बताए । उक्त हतियार बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको छ ।



