दमक, पुष ६ । कागजपत्रबिना मोटरसाइकलमा तीनजना चढेपछि प्रहरीले सम्झाउँदा उल्टै प्रहरीलाई गालीगलौज गर्ने एक युवकलाई दमक प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ दमकमा विना कागजपत्र को३७प९३३नं. को मोटरसाइकलमा ३ जना चढेर हिडेपछि प्रहरीले सम्झाई बुझाई गर्दा विवाद गरी प्रहरीलाई गालीगलौज गर्ने चालक दमक ६बस्ने बर्ष२९का तेनेहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै साँझ ७ बजेदेखि राति १०ः३०बजेसम्म इलाका प्रहरी कार्यालय . दमकबाट संचालित स्विप अप्रेसन तथा सरप्राईज चेकिङमा अन्य १० जना पक्राउ परेका छन् । दमक नगरपालिकाको विभिन्न स्थानबाट शंकास्पद अवस्थामा हिडडुल गर्ने, अनैतिक क्रियाकलापमा संलग्न हुनसक्ने, लागूऔषधमा संलग्न हुनसक्ने, ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइएको हो ।
९ वटा बिनाहेलमेटका मोटरसाइकलहरुलाई कार्वाही गरी ४ हजार ५०० रुपैयाँ संकलन गरी दाखिलासमेत भएको प्रहरीले जनाएको छ ।



