झापा, पुष ७ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ ।

हिजो दिउँसो १२;२५ बजे बिर्तामोड वडा न.६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन एक थान र मार्का थ्री राईफलको गोली–३ राउण्ड (सावुत) बेवारिसे अबस्थामा फेला परेको हो ।
हातहतियार तथा गोलीगठ्ठाहरु बेवारिसे अबस्थामा फेला परेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर बरामद गरेको थियो । बरामद भएको ईन्सास राईफलको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इप्रका बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटेर लगेको अभिलेखबाट खुल्न आएको प्रहरीले जनाएको छ ।



