झापा, पुष ८ । पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ ।

विराटनगर–९ स्थित आफ्नै निवासीमा मण्डलको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
परिवारिक स्रोतका अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । भतिजी जस्मिन मण्डलले बताएअनुसार परिवारले थाहा पाउँदा मण्डलको निधन भइसकेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए ।
मण्डल राजतन्त्र र हिन्दुत्व पक्षमा थिए । २०४६ सालअघि राजतन्त्रवादी उनी बहुदल आएपछि सद्भावना पार्टीसँग जोडिएका थिए । ज्ञानेन्द्र शाहको शासनकालमा उनी उपप्रधानमन्त्री थिए । नेपाली कांग्रेसमा केही समय आबद्ध भएका थिए । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्