दमक, पुष ९ । झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।


गएराति दमक– ७ लाँलीगुरास टोलस्थित भित्री सडकखण्डमा हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको जस्तो देखिने बागमति प्रदेश –०२–०१७ प ३३४४ नम्बरको २२० सीसीको पंल्सर मोटरसाइकल बाटोको पूर्वपट्टी पानी भएको ढलको नालीभित्र पसेर दुर्घटना भएको हो । मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक कमल गाउँपालिका ६ बस्ने ३८ वर्षीय विनोद राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नालीमा मोटरसाइकल र चालक लडिरहेको देखेर स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्