झापा, पुष १० । जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एकजना घाइते भएका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नम्वर–१३ चारआलीमा रहेको हातेमालो सामुदायिक वनभित्र दाउरा लिन गएका स्थानीय २६ वर्षीय आकाश दाहाललाई अचानक आएको एउटा हात्तीले आक्रमण गरी घाइते बनाएको हो ।

घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टामा चोट लागेको छ । प्रहरी चौकी चारआलीबाट प्रहरी टोली गएपछि हात्ती जंगलतर्फ भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्