झापा, पुष १० । झापाको दमकमा कार लिएर चोरी गर्न गएका एकजना भीआइपी चोर पक्राउ परेका छन् ।

भारतीय नम्बरको डब्लुबी ७४ एयु ९०६५ नम्बरको कार लिएर दमक नगरपालिका वडा नं–३ शान्ति चोकस्थित सरिता पोखरेलको घरमा चोरी गर्न गएका सुदन भुजेल आज पक्राउ परेका हुन् । पोखरेलको घरमा दराज फुटाई चोरी गरिरहेको अवस्थामा भुजेललाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट सुनको कान्छी तिलहरी एक थान, मोतिको माला एक थान र सुनको टप एक थान बरामद भएको छ ।

पक्राउ परेका भुजेल चोरी तथा डाका मुद्धाका फरार प्रतिवादी हुन् । उनले गत भदौ ६ गते दमक नगरपालिका वडा नं–७ बस्ने बेनिश कार्कीको घरको सुत्ने कोठाको दराजबाट ७ लाख ५० हजार चोरी गरी फरार भएका थिए । पक्राउ परेका भुजेलको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्