झापा, पुष १० । भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने इलामका दुई युवा पक्राउ परेका छन् ।

आज साँझ ५ः४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०३००१ प ४९५५ नम्बरको मोटरसाइकललाई शंका लागेर मोटरसाइकल चालक इलाम माई नगरपालिका १ दानाबारी बस्ने ३१ वर्षीय सन्देश राई र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने ४६ वर्षीय टेकबहादुर लिम्बुलाई चेकजाँच गर्दा सन्देश राईको मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ५ ग्राम १०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्