झापा, पुष १० । आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले झापाको पाँच वटै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको उम्मेदवार छनौट समितिको बैठकले उम्मेद्वारको नामावली केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।
आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापा १ बाट प्रत्यक्षतर्फ सविता भण्डारी, माधव अर्याल, चन्द्रा कार्की, अशेष घिमिरे र बिपी भट्टराई, समानुपातिकतर्फ मुकुलचन्द्र राजवंशी, कोविलाल मेचे, पर्शुराम शंकर, ताराराज ओली, उदय बराईली, तारा रुचाल र सूर्यबहादुर विक तथा राष्ट्रियसभातर्फ बोधराज दाहाल (असिम) र बद्रीनाथ फुयाँलको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ हरिबोल गजुरेल, धर्मशिला चापागाई, बासुदेव दुलाल, प्रत्युस आजाद राना र प्रज्वल कडरिया (जेनजेड), समानुपातिकतर्फ हरिकुमार राना, ज्योतिसिंह दर्लामी, भाष्करराज काफ्ले, खड्गबहादुर कन्दङवा (रोशन), सनम राजवंशी, योगेश खपांगी, डा. विष्णुप्रसाद मिश्र, देवी बराल, डा. मुरली शाह, दुर्गा आचार्य र तीर्थ सिग्देल तथा राष्ट्रियसभातर्फ लोकबन्धु कन्दङ्वाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ का लागि प्रत्यक्षतर्फ पुष्पराज पोखरेल, पुर्णसिंह राजवंशी, डम्बर गिरी, चन्द्रा श्रेष्ठ र पृतम वन (जेनजेड), समानुपातिकतर्फ मोहन टुडु, हिरा राजवंशी, देवेन्द्र किशोर ढुंगाना, डिल्लीराम घिमिरे र गंगाप्रसाद ओली तथा राष्ट्रियसभातर्फ बेदराज रेग्मीको नाम सिफारिस गरिएको उम्मेदवार छनौट समिति सदस्य रञ्जित तामाङले जानकारी दिए ।
क्षेत्र नम्बर ४ का लागि प्रत्यक्षतर्फ झलकसिंह दर्लामी, पुरुषोत्तम चुडाल, गौरीमान राई, टेकेन्द्र चम्लागाई (जेनजेड), अम्बिका उप्रेती र प्रतिक राजवंशी (जेनजेड), समानुपातिकतर्फ मणिकुमार साम्पाङ, कल्पना कार्की, चन्द्रमोहन राजवंशी, केयरसिंह बस्नेत, ढुण्डीराज गुरागाई र जेबुल हक तथा राष्ट्रियसभातर्फ रामकुमार राई, दिनेशचन्द्र राजवंशी र भरत श्रेष्ठको नाम सिफारिस भएको छ ।
त्यस्तै क्षेत्र नम्बर ५ का लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, दिपेनवाला राई, हरिमाया मैनाली, विवेक गौतम र सुरेन्द्र बस्नेत, समानुपातिकतर्फ अजय अग्रवाल, सुलोचना राजवंशी, गंगा धिमाल, सुमित्रा वाङदेल, राधिका ओझा, डम्बर पुलामी, भुमिका कोइराला र लालसुन्दर राई तथा राष्ट्रियसभातर्फ प्रविणकुमार राई, दुर्गा चौलागाई र रमेश गुरागाईको नाम सिफारिस भएको छ ।



