झापा, पुष ११ । भिषाको म्याद सकिएर पक्राउ परेका अमेरिकी नागरिकलाई काठमाण्डौ पठाइएको छ ।


आज दिउँसो १.३० बजे भद्रपुर नगरपालिका वडा नं.७ स्थित मेची पुल पारी सहायता कक्षमा सशस्त्र प्रहरी बलको ड्युटीले चेकजाँच गर्ने क्रममा अमेरिकी नागरिक ३६ वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएको थियो । भद्रपुर भन्सार नाका हुँदै भारततर्फ जान लागेका ती अमेरिकी नागरिकको नेपाल भ्रमणको भिषा म्याद समाप्त भएको विवरण देखिएको थियो । ती अमेरिकी नागरिकको पासपोर्टमा पर्यटक भिषाको म्याद ६ नोभेम्बर २०२५ मा समाप्त भएको थियो ।

अध्यागमन कार्यालय काँकरभिट्टाले अध्यागमन विभाग, कालिकास्थान काठमाण्डौंसँग समन्वय गरी थप आवश्यक कारवाहीको लागि पत्रसहित उनको पासपोर्ट कुरियरमार्फत विभागमा पठाएको हो । त्यस्तै ती अमेरिकी नागरिकलाई अध्यागमन कार्यालयले बुझाएपश्चात् पर्यटक प्रहरी शाखा कार्यालयले अध्यागमन विभागमा सम्पर्क राख्न पठाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्