झापा, पुष १२ । गएराति बिर्तामोडमा ग्याङफाइट भएको छ ।

राति ८.३० बजेतिर बिर्तामोड– ५ सगरमाथा टोलमा दुई समूहबीच झडप भएको हो । झगडा भएको जानकारी पाएर प्रहरी टोली पुगेको थियो । प्रहरी आउँदै गरेको थाहा पाएर झगडा गर्नेहरु फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव निरीक्षक कुलप्रसाद सापकोटाको कमाण्डमा ७जनाको टोली खटिएर हेर्दा उक्त स्थानमा कोही नभएको र मे७प८८नं.को मोटरसाइकल तोडफोड अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । तोडफोड र झैझगडामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्