झापा, पुष १२ । झापाको कमलमा बाटोमा लडेर एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो अन्दाजी ४ बजे कमल –५ अम्बिका चोकदेखि किराँतेश्वर मन्दिर जाने भित्री कच्ची सडकखण्डमा सोही ठाउँ बस्ने ५२ वर्षीय पर्शुराम रिजाल आफ्‌नो घरदेखि अन्दाजी ५ सय मिटर पूर्वतर्फ सो सडकको छेउमा लडेर मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ ।मृतक रिजाल अत्यधिक मादक पदार्थ सेवन गरी हिडडुल गर्ने गरेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्