झापा, पुष १२ । मापदण्डबिपरित संचालन गर्ने बिर्तामोडको गोदावरी डाइग्नोस्टिक सेन्टरमा शिलबन्दी गरिएको छ ।

सरकारी अनुगमन टोलीले हिजो अनुगमन गर्दा स्वास्थ्य परीक्षण मापदण्डबिपरित प्रयोगशाला संचालन भएको पाइएकोले सो डाइग्नोस्टिक सेन्टरमा शिलबन्दी गरिएको हो ।

हिजो दिउँसो जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई,जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक बिश्वनाथ श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक देउ मेचेसहितको टोलीले बिर्तामोड –१ पश्चिम स्टेन्डमा नेत्रप्रसाद उप्रेती र जिवन लिम्बूले संचालन गरेको गोदावरी डाइग्नोस्टिक सेन्टरमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्