झापा, पुष १२ । झापामा अर्का बेवारिसे व्यक्तिको मृत्यु भएको छ ।

पाँच दिनअघि पुष ७ गते राति १०.५० बजे भद्रपुर ८ किरात भवन अगाडि लडिरहेको अबस्थामा तत्काल नाम थर वतन नखुलेको अन्दाजी बर्ष ५० का पुरुषलाई उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा आज राति ८ः२० बजे उनको मृत्यु भएको हो । मृतकको शब सोही अस्पतालमा रहेको छ । हालसम्म आफन्त र नातेदारहरु कोही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
आजै बिर्तामोडमा बेवारिसे अवस्थामा एक महिला मृत फेला परेकी थिइन्् । बिहान ७;१५ बजे बिर्तामोड–३ स्थित गजुरमुखी टोल बस्ने चन्द्र थापाको जग्गामा रहेको टिनको छाना,टाँटीको बेराले बनेको कच्ची टहराभित्र नामथर, वतन नखुलेको मागी खाइहिड्ने अन्दाजी बर्ष ५५ की महिला मृत अवस्थामा फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।



