झापा, पुष १३ । झापा गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी २.३० बजेतिर घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका २ सडकवारी बस्ने दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको मृत्यु भएको हो ।
खेल्ने क्रममा पानीमा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ३.३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।




Kasto prtikya dine ho?