झापा, पुष १३ । पाँचथरको फिदिम नगरपालिका–४ का एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ ।

हिजो मध्यान्ह ८० वर्षीय चुडामणि थापाको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । फिदिम–४ हेंवा खोलानजिक घाँस काट्न गएका थापा साँझसम्म घर नफर्केपछि खोजतलास गर्दा टाँकीको रुखबाट लडेको अवस्थामा मृत भेटिएका थिए ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।थापाको पोस्टमार्टमपश्चात् आज अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्