झापा, पुष १३ । झापाबाट समानुपातिक निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

जम्मा १६ जनाले दर्ता गरेकोमा दुईजनाले नाम फिर्ता लिएका छन् । लीला खड्का र ज्योत्स्ना राजवंशीले आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ता नलिनेहरुमा विवेक तामाङ , शरद जोशी , शान्तिमाया न्यौपाने , सीता विश्वकर्मा , मनोज राजवंशी , भुपाल भण्डारी , भीम लम्जेल , रोहित न्यौपाने , गीताप्रसाद अधिकारी , लोकेशकुमार माझी , कुन्दन मुर्मु , अनिता नेपाली , नारायणप्रसाद दाहाल र विन्दु सिटौला रहेका छन् ।
रास्वपामा कोशी प्रदेशका लागि समानुपातिकतर्फ १० जना महिला समेट्ने गरी खस आर्य ६ , आदिवासी जनजाति २ , मधेसी २ , दलित २ र थारु एक गरी २० जनाको कोटा छुट्याइएको छ । त्यसमा झापाबाट कति जना पर्छन् भन्ने टुंगो छैन ।
रास्वपाको केन्द्रीय समितिले आन्तरिक प्रतिष्पर्धाबाट उम्मेद्वार चयन गरी बन्दसूची निर्वाचन आयोगमा पठाउने छ । । फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि भोलिसम्म दलहरुले बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ ।



