झापा, पुष १३ । नेकपा एमालेले समानुपातिक निर्वाचनका लागि झापाबाट ९ जनाको नाम सिफारिस गरेको छ ।

संसद पुनर्स्थापनाको मागसंगै भित्री रुपमा निर्वाचनको तयारी थालेको एमालेले उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पठाउने तयारी गरेको हो । अनिता कन्दङ्वा , निता घतानी , सोम पोर्तेल ,विद्यानन्द राजवंशी ,मेनुका काफ्‌ले, निर्मला पाठक , विना शाह ,रोमनाथ ओलीलगायतको नाम पठाइएको पार्टी स्रोतले जनाएको छ । फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि भोलिसम्म दलहरुले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ ।

त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि पनि एमालेले उम्मेद्वार तयारी गरेको छ । नेपाली कांग्रेससंग मिलेर चुनाव लड्ने तयारी गरेको एमालेले झापाबाट दीपक कार्कीलाई उम्मेद्वार बनाउने तयारी गरिएको स्रोतले जनाएको छ । कोशी प्रदेशबाट ३ जना उम्मेद्वार बन्नेमा एमालेबाट दुईजना र कांग्रेसबाट एकजना रहने गरी सहमतिको प्रयास भइरहेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्