झापा, पुष १४ । अबेर रातिसम्म संचालन गरिरहेका बिर्तामोडका डान्स बारहरुमा प्रहरीले छापा मारी दुईजनालाई नियन्त्रणमा लिएको छ ।

गएराति १२.३० बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर २ बस्ने बर्ष २३ का संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी गोलबजार १ बस्ने बर्ष २३ का युगल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोड क्षेत्रमा संचालित डान्स बारहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक रबिन खड्काको टोलीले राति अवेरसम्म बार खोलेर चलाइरहेको भेटेपछि बारका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई इप्रका बिर्तामोडमा राखिएको छ । बिर्तामोडमा करिव आधा दर्जनको संख्यामा डान्स बारहरु रहेका छन् । प्रहरी प्रशासनले दिएको समयपछि पनि डान्स बारहरुले रातभरि संचालन गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्