झापा, पुष १४ । बिर्तामोड नगरपालिका– ३ कञ्चनजंघा टोलमा दिउँसै लाखौंको धनमाल चोरी भएको छ ।

हिजो बिर्तामोड ३ कञ्चनजंघा टोल बस्ने सृजना सिवाकोटीको घरमा कोही नभएको मौका पारी घरको छतको ढोकाबाट पसी कोठाभित्र काठको दराजमा राखेको सुनको गरगहना ८तोला र सामसुम मोबाईल एक थानगरी २२ लाख बराबरको धनमाल चोरी गरेको हो । चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो बिहान दमकमा मोबाइल चोरी गरी भाग्दै गर्दा एकजना युवक पक्राउ परेका छन् । बिहान ७ः२० बजे दमक ८ बालुवाटारस्थित शिवनारायण साहको तरुल खेतीमा काम गर्ने मोरङ सुन्दरहरैँचा ११ बस्ने बर्ष ४६ का सञ्जु चौधरीको भिभो कम्पनीको मोवाइल र सोही ठाउँ बस्ने बर्ष ५० का दशरथ चौधरीको सामसुङ कम्पनीको मोबाइल चोरी गरी भाग्दै गर्दा सप्तरी राजविराज ९ बस्ने बर्ष १८ का खुवेत खान पक्राउ परेका हुन् ।

चोरी गरी भाग्ने क्रममा सोही स्थानमा काम गर्ने कामदारहरुले उनलाई मोवाइलसहित फेला पारी प्रहरीलाई बुझाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्