झापा, पुष १५ । आगामी निर्वाचनका लागि समानुपातिकतर्फ झापाबाट ४४ जनाको नाम सिफारिस गरिएपनि बन्दसूचीमा चारजना मात्र पर्न सफल भएका छन् ।

झापाबाट सुशीला ढकाल , गोमा भट्टराई ,उमा शिवाकोटी र मनुमाया विश्वकर्माको नाम मात्र बन्दसूचीमा समेटिएको पार्टी स्रोतले जनाएको छ । सुशीला ढकाल र मनुमाया विश्वकर्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट ,उमा शिवाकोटी महामन्त्री गगन थापा निकट र गोमा भट्टराई महामन्त्री विश्वप्रकाश शर्मा निकट मानिन्छन् ।

समानुपातिकका लागि झापाबाट ४४ जनाको नाम सिफारिस गरिएको थियो । क्षेत्र नं १ बाट ६ , २ बाट १० , ३ बाट १० , ४ बाट ५ र ५ बाट १३ जनाको नाम सिफारिस गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्