झापा , पुष १५ । आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा झापाका ६ जना अटाएका छन् ।

राप्रपाले आयोगमा ११० जनाको नाम बुझाएको हो । त्यसमा झापाबाट धर्मराज माझी , खुश्बु ओली , भरिपूर्ण राई , संगीता रौनियार , रुपदल विश्वकर्मा र सूर्यनारायण गणेश परेका छन् । माझी तीन दिनअघि बिर्तामोडमा आयोजित राप्रपाको जागरण सभामा पार्टी प्रवेश गरेका थिए । उनलाई समानुपातिक उम्मेद्वार बनाउने भनेर पार्टी प्रवेश गराएको बुझिएको छ । पार्टीको जिल्ला समितिले धर्मराज माझीलाई पिछडा वर्ग र सूर्यनारायण गणेशलाई आदिवासी जनजाति क्लस्टरबाट सिफारिस गरेको थियो । तर केन्द्रीय समितिले माझीलाई आदिवासी जनजाति र गणेशलाई मधेसी क्लस्टरको भन्दै समानुपातिकको बन्दसूचीमा नाम बुझाएको छ । सरकारले माझी जातिलाई पिछडा वर्ग र गणेश(गन्गाई) लाई आदिवासी जनजातिमा राखेको छ ।

जिल्ला समितिले झापाबाट यसरी क्लस्टर छुट्याएर सिफारिस गरेको थियो – क्षेत्र नं १ बाट समानुपातिकतर्फ दिपेश राई (आदिबासी जनजाति), सुमित्रा ओझा अधिकारी (महिला), बाबुराम पराजुली (खस आर्य),लक्ष्मण खत्री (खस आर्य),

त्यस्तै क्षेत्र नं २ बाट रुपदल बिश्वकर्मा (दलित), धर्मराज माझी (पिछडिएको वर्ग),कुमार भट्टराई (खसआर्य), हर्कराज थुङ्ङ्गिम (जनजाति), आमिर खान पठान (मुस्लिम),धर्मराज राजवंशी (आदिबासी) , बिष्णुप्रसाद गिरी (दशनामी) ,करिना बेगम (मुस्लिम महिला) ,देवराज परियार (उत्पीडित),गोपाल गुरुङ (जनजाति) ,प्रल्हाद खड्का (खसआर्य) ,लवकुश गिरी (खसआर्य) ,

क्षेत्र नं ३ बाट सिता लम्साल (महिला), भारतेन्दु मल्लिक (पिछडिएको बर्ग), रामकुमार सिंह राजवंशी (आदिबासी),सूर्यनारायण गणेश (आदिबासी), ऋषि नेपाल (खसआर्य), सन्तोषी बिश्वकर्मा (दलित) र नन्दराम गजमेर (दलित) ,

क्षेत्र नं ४ बाट खुश्बु ओली (महिला),खेमराज कार्की (खसआर्य), चित्रा श्रेष्ठ (आदिबासी जनजाति), तारामाया राई (आदिबासी जनजाति) तथा क्षेत्र नं ५ बाट डा.सूर्यनारायण साह (मधेसी), भरिपूर्ण राई (आदिबासी जनजाति),शुष्मा निरौला के.सी. (महिला) र विजयप्रसाद बराल (खसआर्य) ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्