झापा, पुष १५ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा झापाबाट कोही पनि परेका छैनन् ।

जसका कारण जिल्लाका नेता कार्यकर्ताहरुमा चर्को असन्तुष्टि बढेको छ । नेकपाको समानुपातिक उम्मेद्वारको लागि झापाबाट ३६ जनाको नाम सिफारिस गरिएको थियो । त्यसमध्ये कोही पनि नपरेको नेकपाका जिल्ला इन्चार्ज रंजित तामाङले बताए ।

उनले समानुपातिकको बन्दसूची सच्याउन केन्द्रीय कमिटीलाई आग्रह गरिसकेको बताए । ‘ सात दिनसम्म बन्दसूची सच्याउन पाइन्छ’ उनले भने , ‘कुन क्लस्टरबाट मिलाउन सकिन्छ हामीले झापाका कम्तीमा दुईजनालाई समेट्न आग्रह गरेका छौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्