झापा, पुष १६ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट भागेका बिर्तामोड वडा न.३ बिर्ताबजार बस्ने १८ वर्षीय राहुल माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई हिजो बिहान १०;३० बजे कनकाई वडा न.३ स्थित पश्चिम स्टेन्डबाट प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको टोलीले पक्राउ गरेको हो ।

माझी अभद्र ब्यबहार सम्बन्धी कसूरमा पक्राउ परेका थिए । उनलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्