झापा, पुष १६ । विद्यालय जाने छात्रालाई कट्टु खोलेर संवेदनशील अंग देखाउने भद्रपुरका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर वडा नं. १ बस्ने बर्ष ४० का मंगल टुडु रहेका छन् ।
तीन दिनअघि बिहान १० बजे भद्रपुर वडा नं १ मा टुडुले विद्यालय जाने क्रममा १४ वर्षकी नाबालिकालाई बाटो छेक्ने, जिस्क्याउने, आफूले लगाएको कट्टु र पेन्ट खोलेर संवेदनशील अंग देखाउने लगायतका अश्लील कार्य गरेका थिए ।
यसअघि पनि उनले विद्यार्थीलाई बाटो हिड्ने क्रममा त्यस्तो क्रियाकलाप गरेको बुझिएको छ ।
पीडित नाबालिकाकी आमाले टुडुलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्दै जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालतमा पेश गरि अनुसन्धानको लागि म्याद थप गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीमाथि वाल यौन दुर्व्यवहार कसूरमा मुद्धा चल्ने भएको छ ।मुलुकी अपराध संहिता २०७४ को करणी कसूरअन्तर्गत बाल यौन दुर्व्यवहार कसूरमा मुद्धा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।



