झापा, पुष १६ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा. पशुपतिनगरका गुल्मपति प्रकाश कोईरालाको अचानक निधन भएको छ ।

मजकुर सशस्त्र प्रहरी बल नेपाल नं.२० गण हे.क्वा. काठमाण्डौ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा. पशुपतिनगरका गुल्मपतिको रुपमा कार्यरत कोईराला आज बिहान १०ः४५ बजे अचानक चक्कर लागेर आफ्नै निवासको बेडरुममा बेहोस भएका थिए ।

उनलाई तत्काल उपचारको लागि सूर्योदय २ पशुपतिनगरस्थित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । स्वास्थ्य केन्द्रका चिकित्सकले सुविधासम्पन्न अस्पताल लैजान सल्लाह दिएपछि थप उपचारका लागि बिहान ११ः२३ बजे इलाम १० स्थित फिक्कल अस्पताल लगिएको थियो ।

सोही अस्पतालमा बेड भर्ना गरी उपचार भइरहेकोमा स्वास्थ्य थप गम्भीर भएपछि थप उपचारको लागि आज दिउँसो ३ बजे फिस्टेल एयरको हेलिकप्टरद्वारा काठमाण्डौ लगिएको छ । उनको फिक्कलमै निधन भइसकेको कान्तिपुर दैनिकका पाँचथर संवाददाता लक्ष्मी गौतमले जनाएका छन् । हेलिकप्टरबाट उनलाई सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएकोमा उनको निधनबारे सशस्त्र प्रहरी हेडक्वाटरले पुष्टि गरिसकेको छैन ।

इलामको पशुपतिनगरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म(बि ओ पि)मा उनी एक हप्ताअघि मात्र इन्चार्जको रुपमा आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्