झापा, पुष १६ । झापा गाउँपालिका वडा न.२ सडकबारीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।

आज दिउँसो ४;३५ बजे गौरीगंजबाट झापा बजारतर्फ आउँदै गरेको प्र १–०२–०५४ प ९३९३ नं.को मोटरसाइकलले झापा बजारबाट सडकबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकलयात्री झापा गाउँपालिका वडा नं.२ सडकबारी बस्ने बर्ष ७१ का गणेशकुमार भण्डारी , मोटरसाइकल मोरङ बिराटनगर १४ बस्ने बर्ष २८ का हेमन्तकुमार साह र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ का धिरजकुमार साह घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।



