झापा, पुष १७ । झापाको शिवसताक्षीमा अटो पल्टिँदा चालकको मृत्यु भएको छ ।

गएराति ९.३० बजे शिवसताक्षी– १ लक्ष्मीनारायण माविनजिक भित्री पक्की सडकखण्डमा धरमपुर चौकबाट चर्चाबारी घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ न.को अटो आफै अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा अटो चालक सोही ठाउँ बस्ने बर्ष ४० का बीरबहादुर चेम्जोङ घाइते भएका थिए । टाउकोमा चोट लागेर घाइते भएका चेम्जोङलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
मृतकको शव दमक अस्पतालमा नै रहेको छ । घटनाबारे अनुसन्धान शुरु गरिसकेको बताउँदै प्रहरीले आज कानुनी प्रकृया गरिने जनाएको छ ।



