झापा, पुष १७ । काठमाण्डौबाट घैलाडुब्बास्थित आफ्‌नो जेठानको घरमा आउनेबित्तिकै ४७ वर्षीय सुब्बा नगरकोटीको अचानक ढलेर मृत्यु भएको छ ।

आज बिहान ११;१५ बजे कन्काई नगरपालिका वडा न.९ घैलाडुब्बाको मन्त्रीबारी बस्ने रावण मर्कीको घरमा उनका बहिनी ज्वाइँ काठमाण्डौ कागेश्वरी मनोहर नगरपालिका–४ बस्ने सुब्बा नगरकोटी आएका थिए । आउनेबित्तिकै उनी अचानक ढलेका थिए ।

सुब्बा नगरकोटी र उनकी श्रीमती बडकी नगरकोटी काठमाण्डौमा बस्दै आएकोमा बसाइँ सरी आई सामान अनलोड गर्ने क्रममा अचानक ढलेर सुब्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई बिगतदेखि नै छारेसम्बन्धी बिरामी रहेको बुझिएको छ ।

थप कानुनी प्रकृया तथा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्