झापा, पुष १७ । मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट एक स्कुटी चालक महिलाको मृत्यु भएको छ ।

आज राति ८ः१५ बजे मेचीनगर ६ कालीखोला पुलस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १ –०१–०१३ प ५८८८ नं. को स्कुटीलाई सोही दिशातर्फ आउँदै गरेको पीबी०२ बीआर ७७६५ नं. को मालबाहक भारतीय ट्रकले पछाडीबाट ठक्कर दिएको हो । दुर्घटनामा हुँदा स्कुटी चालक मेचीनगर ६ बस्ने अन्दाजी बर्ष ३३ की लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा राति ९ः१५ बजे घाइतेलाई डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
स्कुटी , ट्रक र चालक भारत पंजाब अमृतसर जिल्ला भोलेबाबा बस्ने बर्ष ३६ का संदिप सिंह इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



